Prakash Bhujel
Prakash Bhujel

About Me

मनार्थ डा. प्रकाश भुजेल

नेपाल तान्त्रिक झाँक्री संघ जीवन विज्ञान, अदृश्य शक्ति, तन्त्र–मन्त्र र साधनामा आधारित एक संस्था हो।
धामी–झाँक्री ठग होइनन्। उनीहरू त आत्मिक लडाइँ लड्ने योद्धा हुन्। धामी–झाँक्रीहरूले मानिसको आत्माभित्र रहेको नकारात्मक शक्ति र खराब तत्वलाई हटाएर आत्मालाई शुद्ध बनाउने गर्छन्। खराब आत्मा वा नकारात्मक ऊर्जाले गर्दा मानिस अशक्त र बिरामी भएको अवस्थामा उनीहरू उपचारमार्फत स्वास्थ्य लाभ दिलाउने प्रयास गर्छन्।

आजकल धेरैले ‘धर्मको नाममा ठगी’ भन्दै धामी–झाँक्रीहरूलाई गलत रूपमा चित्रित गर्ने गर्छन्। तर यथार्थमा उनीहरूलाई नजिकबाट बुझ्ने प्रयास कमै हुन्छ। जबसम्म कुनै मानिस स्वयं भूत–प्रेत वा खराब आत्माको प्रभावमा पर्दैन, तबसम्म यसको गहिराइ बुझ्न गाह्रो हुन्छ। यो परम्परा परापूर्वकालदेखि हाम्रा पुर्खाहरूले अनुभव गर्दै आएका सत्य ज्ञान र अभ्यास हुन्। यसलाई बेवास्ता गर्नु भनेको आफ्नै मनमा खराब विचार बसाल्नु हो।

धामी–झाँक्रीहरू ती पात्र हुन्, जो भूत–प्रेत, नकारात्मक ऊर्जा, पितृदोष, ग्रहपीडा जस्ता अदृश्य तर अनुभूत हुने शक्तिसँग जुध्छन्। उनीहरूले ती शक्तिबाट उत्पन्न हुने रोग–पीडालाई चिन्न र उपचार गर्न सक्छन्। कतिपय पीडा त्यस्ता हुन्छन्, जुन न त अस्पतालले देख्छ, न औषधिले निको पार्छ। यस्तो अवस्थामा पीडित व्यक्तिहरू धामी–झाँक्रीकै शरण खोज्ने गरेका हुन्छन्, र धेरैले उपचार पाएर आराम पाएका उदाहरणहरू छन्।

यद्यपि, कतिपय व्यक्तिहरूले ठगी गर्ने पनि हुन सक्छन्। तर केही व्यक्तिले गलत गरेको भन्दै सम्पूर्ण धामी–झाँक्रीलाई ‘ढोंगी’ भन्न मिल्दैन। उनीहरूले प्रयोग गर्ने चामल, बेलपत्र, धूप–धूनी आदि त केवल साधन मात्र हुन्। तपाईँले श्रद्धा र शुद्ध आत्माले चढाएको दक्षिणा वा प्रसाद वास्तवमा भगवानलाई अर्पण गरिएको हुन्छ, जसले उपचारमा अझ शक्ति दिन्छ।

धामी–झाँक्रीहरूको वास्तविक युद्ध भने मन्त्र, साधना, र आत्मबलमार्फत हुन्छ। यी कुरा आँखाले देखिँदैनन्, तर धेरै मानिसको जीवनमा गहिरो असर पार्छन्। त्यसैले धामी–झाँक्रीहरूको काम बुझ्न आत्माले हेर्नु पर्छ, केवल आँखाले होइन।

विश्वास गर्नु वा नगर्नु तपाईंको व्यक्तिगत विषय हो। तर जो मानिसले विश्वास गर्छ, उसको जीवनमा चमत्कार हुन्छ, उसको रोग बिस्तारै निको हुँदै जान्छ। तर नबुझी धामी–झाँक्रीलाई ठग भन्नु, आरोप लगाउनु, धर्म पनि होइन, महानता पनि होइन; त्यो त अज्ञान, अहंकार र घमण्ड मात्र हो।

कुनै दिन तपाईं स्वयं खराब आत्मा वा अदृश्य शक्तिको प्रभावमा पर्न सक्नुहुन्छ। त्यो बेला न अस्पतालले काम गर्छ, न औषधिले, न त तुच्छ शब्दहरूले। त्यस्तो अवस्थामा धामी–झाँक्रीको मात्र सहारा काम लाग्छ।

एक पटक धर्म र साधनाको गहिराइमा पुगेर बुझ्ने प्रयास गर्नुस्।

धन्यवाद।
जय होस् सबैको, जय सम्भो, जय भोलेनाथ।
सबैको रक्षा होस्।
नेपाल तान्त्रिक झाँक्री संघ परिवार 

Prakash Bhujel

मनार्थ डा. प्रकाश भुजेल​

Nepal Tntrik Jhakri Sangh